पाल्पा– तानसेन नगरपालिकाले ‘डिजिटल कृषि परामर्श सेवा केन्द्र‘ ९इ चौतारी० सञ्चालनमा ल्याएको छ ।सो केन्द्रले ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पुर्‍याउने जनाइएको छ । पहिलो चरणमा तानसेन –६ मा सो सेवा दिइएको छ । यसबाट कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ ।


ADVERTISEMENT


तानसेन नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताए । कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिककीकरण ल्याउन थालिएको जनाए ।


ADVERTISEMENT

# # #


ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा तानसेन नगरपालिका सहित, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिका इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ । किसानलाई कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गर्ने र नयाँ प्रविधिको प्रयोग गरी आत्मनिर्भर बनाउन थालिएको सङ्घका प्रेम गोदारले जानकारी दिए । रासस