काठमाडौँ– नेपालकै पहिलो गैरसरकारी बाल अस्पताल ईशानले आफ्नो २६ औँ साधारण सभा सम्पन्न गरेको छ ।


ADVERTISEMENT


शनिवार महिला तथा बाल अस्पताल ईशान अस्पतालले टोखा– ५ स्थित आफ्नै नयाँ बिल्डिङमा २६ औँ साधारण सभा सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले अस्पतालले हालसम्ममा हासिल गरेका प्रगति विवरणबारे जानकारी दिएका थिए ।

ईशानले नवजात तथा बाल शल्य चिकित्सकको क्षेत्रमा नेपालमा ख्याती प्राप्त गरेको अवस्थामा सार्क स्तरकै गुणस्तरीय सेवा प्रदान गर्दै आएको डा. चौधरीको दाबी छ ।

यस्तै, हाल २४ घन्टा नै एमडी पेडियाट्रिक्स पेडियाट्रिक रजिष्ट्रारबाट पेडियाट्रिक , आकस्मीक सेवा एवम् बाल तथा महिलासम्बन्धि सम्पुर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको अस्पतालले ८ तल्लाको भवन निर्माण गरिसकेको समेत डा. चौधरीले जानकारी दिए । समय सापेक्ष सुविधा तथा क्षमता वृद्धि गर्ने योजना अनुरुप हाल बसुन्धरास्थित रहेको ईशान अस्पताल भवनको २५० मिटर मात्रै पछाडि रहेको टोखा- ५ श्री टोलमा साढे ६ रोपनीको आफ्नै जग्गामा निर्मित सो बिल्डिङ १०० शय्या क्षमता र बिरामीमैत्री वातारण एवम् भुकम्प प्रतिरोधात्मक बेसमेन्ट सहित रहेको उनले बताए ।

अस्पतालको नयाँ भवनबाट चाँडै नै आधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउने योजना रहेको बताउँदै डा. चौधरीले आफ्नै भवनमा सरेपश्चात ईशानले बाल-महिलाका तथा अन्य स्वास्थ्य सेवा एवम् ब्लड बैंक सेवा उपलब्ध गरी बिरामीहरुलाई अत्याधुनिक र भरपर्दो गुणस्तरीय सेवा सुविधा दिने प्रतिबद्धता समेत जनाएका छन् ।