काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति धर्मशाला छानबिनका लागि समिति गठन गरेको छ ।


ADVERTISEMENT


नेपाल–भारत पशुपतिमैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने खबर बाहिरिएपछि यससम्बन्धिको तथ्यमाथि प्रकाश पार्नका निम्ति शुक्रवार मन्त्री आलेको निर्देशन एवम् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको हो ।


ADVERTISEMENT

# # #


छिमेकी मुलुक भारतले दर्शनका लागि आउने तीर्थालुका लागि निर्माण गरिदिएको उक्त धर्मशाला पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । र, उक्त समूहमाथि पशुपतिमैत्री धर्मशाला होटेलका रूपमा सञ्चालन गरी तथा तीर्थालु एवम् धार्मिक पर्यटकसँग मनपरी रकम असुल गरेको भन्ने आरोप लागेको छ ।

यसका लागि धर्मशालाका विषयमा छानबिन गर्न भन्दै युवा सङ्घ नेपालको टोलीले पनि मन्त्री आलेलाई आज ज्ञापनपत्र समेत पेस गरेको छ । जसमा पर्यटकको सुविधाका लागि निर्माण गिरएको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जासपद विषय रहेको उल्लेख गरिएको छ ।

सार्वजनिक सम्पत्तिको गलत प्रयोजन गर्नेमाथि कारवाहि हुने बताउँदै मन्त्री आलेले आशा पाण्डे, विश्वकरण जयन र देवीप्रसाद बराल एवम् मन्त्रालयका लेखाका उपसचिव सदस्य रहेको पाँच जनाको उक्त समितिलाई सात दिनभित्र छानबिनको प्रतिवेदन गर्न मन्त्री आलेले निर्देशन समेत दिएका छन् ।

सरकारी एवम् ऐतिहासिक सम्पत्तिलाई व्यवसायिक थलो बनाउन र रजाई गर्न नपाईने भन्दै उनले भर्खरै मात्र नारायणहिटी संग्रहालयभित्र रेष्टुरेण्ट सञ्चालन गर्न खोज्ने बतास समूहकै योजनालाई विफल पारेका थिए ।