काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने भनिएको भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको हो ।


ADVERTISEMENT


समिट यही जनवरी १०–१२ सम्म गुजरातमा आयोजना हुने भनिएको थियो । जसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई निम्तो दिएका थिए । जस अनुसार प्रधानमन्त्री देउवा जनवरी ९ तारिखमा गुजरात जाने भ्रमण तालिका रहेको थियो ।


ADVERTISEMENT

# # #


देउवाले भारत भ्रमणमा समकक्षी मोदीलाई भेट्ने र सीमा सम्बन्धी विषय र कालापानी क्षेत्रको विषयमा कुराकानी हुने बताइएको थियो ।