काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँगको दुबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुबै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौँमै सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।


ADVERTISEMENT

# # #


दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो।