काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।


ADVERTISEMENT


सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । बैठकले प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल (केन्द्रीय कार्यालयका मुख्य सचिव), गण्डकीमा कमला पन्त (गोरखा)लाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार लुम्बिनीमा युवराज शर्मा (रुपन्देही), कर्णालीमा दुर्गाकुमारी पुन (सुर्खेत) र सुदूरपश्चिममा नारायणदत्त मिश्र (कन्चनपुर) लाई उम्मेदवार उम्मेदवार बनाइएको छ । उनले सबै मापदण्डका आधारमा उम्मेद्वार छनौट गरेको बताए ।

कांग्रेसको विधानमा संघीय सांसद उम्मेदवारको निर्णय संसदीय समितिले गर्ने उल्लेख भए पनि समिति गठन नभएकोले केन्द्रीय कार्य समितिबाट उम्मेदवारको टुंगो लगाएको हो ।