संसदीय मामिला तथा कानुन मन्त्रालयले पहिलोपटक मानव अधिकार पुरस्कार वितरण गरेको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच मन्त्रालयले व्यक्तितर्फ शुद्धोधन गाउँपालिका–६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन र संस्थातर्फ काठमाडौंको शक्ति समूहलाई मानव अधिकार पुरस्कार प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री शेर बहादुर देउवाले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा प्रधानमन्त्री देउवाले मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय सम्झौता अनुसार नेपालले आफ्नो आन्तरिक कानूनमा सुधार र समायोजन गर्दै लगेको बताए ।

मानवअधिकार प्रतिको नेपालको प्रतिवद्धताका कारण अन्तराष्ट्रिय मञ्चमा पनि नेपालप्रति बिश्वास बढेको उनले बताए । उनले मुलुकको सवै नागरिकको मानवअधिकारको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको धारणा राखे ।

मानव अधिकार पुरस्कार वितरण कार्यविधि २०७८ मा लेखिएअनुसार मानव अधिकारको संरक्षण र संवद्र्धनको क्षेत्रमा योगदान पुर्याएको एक व्यक्ति र एक संस्थालाई हरेक वर्ष मानव अधिकार पुरस्कारबाट सम्मान गरिन्छ । पुरस्कारको घोषणा हरेक वर्ष डिसेम्बर १० तारिखको दिन गरिन्छ ।