काठमाडौं – प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समावेशी र समानुपातिक सिद्धान्तको अभ्यास गर्ने पहिलो मुलुक भएको बताएका छन्  ।


ADVERTISEMENT


काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।   नेपाल समावेशी र समानुपातिक सिद्धान्तको अभ्यास गर्ने पहिलो मुलुक भएको देउवाको तर्क छ ।


ADVERTISEMENT

# # #


नेपाली राजनीतिमा महिलाहरुको आकर्षण बढेको र नीति निर्माण तहमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको उनले बताए । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तक प्रधानमन्त्रीको निजी निवास वालुवाटारमा विमोचन गर्दै देउवाले नेपाली कांग्रेसले पनि महिलाहरुलाई उल्लेख्य रुपमा सहभागीत बढाएको औंल्याए ।

नेपालको संविधान नै समावेशी भएकाले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्था मिलाएको बताए । ‘कांग्रेसमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यमिति र तल्ला तहहरुमा सुनिश्चिता भएको छ । वास्तवमा कांग्रेस जस्तो समावेशी पार्टी नेपालमा अरु छैनन्’, उनले भने ।

पुस्तककी लेखिका वा कांग्रेस नेतृ डासंग्रौलाको प्रशंसा गर्दै देउवाले पार्टीभित्र र सदनमा नेता संग्रौलालाले सक्रिय भूमिका खेलेकोप्रति धन्यवाद दिए । ५१५ पृष्ठको पुस्तकमा डा संग्रौलाका प्रकाशित लेखहरु संग्रह गरिएको छ ।