काठमाडौँ – राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कांग्रेस र कांग्रेसका शुभेच्छुक संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । मेलमिलाप दिवसका अवसरमा कांग्रेस मुख्यालय सानेपामा बीपी कोइरालाको तस्वीमा माल्यार्पण गरिएको थियो । कार्यक्रमम कांग्रेसका नेताहरुले बीपीको योगदानलाई स्मरण गरेका थिए ।


ADVERTISEMENT

# # #


२०१७ साल पुस १ गते राजा महेन्द्रले वीपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि २०२५ सालसम्म जेलमा रहेका वीपी कोइरालालगायतका नेताहरु रिहा भएपछि भारत प्रवासमा गएका थिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइन्छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकैबीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।