काठमाडौँ– पूर्वयुवराज पारस शाहको कान्छी छोरी कृतिका शाहले पनि नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन् ।


ADVERTISEMENT


कृतिकाले मंगलबार आमा हिमानी शाहको सनाखतमा वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्र लिएकी हुन् । उनलाई सम्पूर्ण नीति नियमको आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नागरिकता प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


आफ्नी जेठी छोरी पूर्णिकाको नागरिकता लिँदा पनि प्रशासन पुगेकी हिमानी यसपटक कान्छी छोरीको नागरिकता सनाखतका लागि पनि आफैँ पुगेकी छन् । अर्थात्, दुवै छोरीले नागरिकता लिँदा बाबु पूर्वयुवराज पारसको भने अनुपस्थित देखिएको थियो ।

नेपालमा कुनै पनि सन्तानले आफ्ना बाबु वा आमा दुवैको नामबाट नागरिकता लिन सकिने व्यवस्था छ । यसअघि नेपालको संविधानमा राजपरिवारका सदस्यलाई नागरिकता र पासपोर्ट लिनुपर्ने प्रावधान नरहेपनि २०७२ को नयाँ संविधानले भने देशका सबै नागरिकलाई नागरिकता अनिवार्य गरिएको छ भने पासपोर्टको हकमा पनि सोहि नियम जारी गरिएको छ ।