सोल – दक्षिण कोरियामा युवतीहरु विवाह गर्न नै चाहँदैनन् । अर्कोतिर विवाह गरिहाले पनि छिटो सम्बन्ध विच्छेद गर्ने प्रचलन बढ्दै गएको छ । जसको कारण  जन्म दरमा निरन्तर कमी आएको  छ ।


ADVERTISEMENT


महिलाहरु विवाह नै नगरी बस्ने र विवाह भए पनि सम्बन्ध विच्छेदको बढ्दो लहरका कारण कोरियन मूलका जनसंख्या घट्दै जाने अनुमान गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी विवाह गर्ने महिलाहरुले पनि एकदमै उमेर छिप्पिएपछि मात्र विवाह गर्ने कारण पछिल्लो समय जन्मदरमा कमी आएको देख्न सकिन्छ । महिलाको प्रजनन क्षमतामा नै कमी आउने बेलासम्म युवतीहरु विवाह गर्दैनन् । यता पुरुषहरु करियर बनाउँदा बनाउँदै बुढा भइसकेपछि विवाह गरिररहेको देख्न सकिन्छ । कोरियन पुरुषले ४० वर्षसम्म विवाह नगर्नु सामान्य मानिन्छ । जसले जन्मदर न्यून हुन भूमिका खेलिरहेको छ ।

अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह्यो । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो एक वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कमी हो । सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो ।

दक्षिण कोरियामा सन् २०१५ को डिसेम्बरदेखि ७१ महिनादेखि नवजात शिशुको सङ्ख्यामा कमी आएको छ । यहाँ विवाहमा ढिलासुस्ती हुने सामाजिक अभ्यासका कारण बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ ।

बर्षभरी विवाहको सङ्ख्या ७.७ प्रतिशतले घटेको छ भने अक्टोबरमा १५ हजार २०३ जोडीको मात्र विवाह भएको सरकारी तथ्याङ्क छ । यो अक्टोबर महिनामा अझै बढी कम थियो ।

उल्लेखित महिनामा सम्बन्धविच्छेद गर्नेको संख्या १७.६ प्रतिशतले घटेर सात हजार ७०३ पुग्यो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २१६ रहेको थियो, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले कमी हो । सन् २०२१ को १० महिनाको अवधिमा विवाह गर्नेको सङ्ख्यामा १०।१ प्रतिशतले कम भएर एक लाख ५५ हजार ६६० पुगेको छ । एजेन्सीको सहयोगमा ।