काठमाडौँ– जोर्डनमा संविधान संसोधन विषयमा सांसदबीच संसदभित्रै कुटाकुट भएको छ ।
संविधान संसोधनको निम्ति मंगलबार बसेको सभामा छलफल गर्ने क्रममा सामान्य भनाभनपछि संसदभित्रै सांसदबीच कुटाकुटको अवस्था सिर्जना भएको थियो । स्थानिय टेलिभिजनमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको सो भिडियो अहिले अन्र्तराष्ट्रिय स्तरमै एकाएक भाइरल बन्न पुगेको छ ।
समान अधिकारअन्तर्गत संविधानको खण्डमा जोर्डन नागरिकलाई अरबी महिलाको संज्ञा दिइने चेम्बरको प्रस्तावलाई अन्यले त्यसलाई ‘बेकार’ को उपमा दिएपछि विवाद शुरु भएको अंग्रेजी बीबीसी न्यूजले जनाएको छ ।