जाडोयाममा आफ्नो स्वास्थ्यको जति नै ख्याल राखेपनि अधिकांश व्यक्तिलाई कुनै न कुनै समयमा चिसोले सताउँने गर्छ । यस मौसममा ब्यक्तिको शरीरभन्दा बाहिरी वातावरण बढि चिसो हुने भएकोले पनि ब्यक्तिमा विशेषगरी चिसो लाग्ने तथा छातिको समस्या बढि देखिने गर्दछ ।


ADVERTISEMENT


चिसो मौसममा छातिको संक्रमण गराउने किटाणु वा बाहिरी ब्याक्टेरीयाहरु विशेषगरी बाहिरी वातावरणको कुहिरोको कणहरुमा तैरिएर बसेको हुन्छ । अन्य समयमा यस्ता किटाणुहरु सामान्यतयाः जमिनको तल्लो भागमा रहने भएता पनि यस समयमा भने वायुमण्डलमा चिसोको कण वा कुइरोमा बढि सक्रिय रहन्छन् ।


ADVERTISEMENT

# # #


तसर्थ यो ब्यक्तिमा बाहिर निस्किदा नाकको माध्यमद्धारा श्वास प्रश्वास प्रणालीमा प्रवेश गर्ने भएकोले यसको संक्रमण छिटो हुन्छ । जसकारण जाडो मौसममा छातिको समस्या हुने ब्यक्तिको श्वास प्रश्वासमा साँघुरोपना बढ्न गई ब्यक्तिमा दमको समस्या पनि देखा पर्दछ ।

चिसोबाट उच्च जोखिममा रहेका समूह

उसो त जाडो मौसममा प्रायजसो मानिस चिसोको शिकार हुन्छन् । तरपनि यसको उच्च जोखिम भने तुलनात्मक रुपमा वयस्क तथा युवाभन्दा ५ वर्षमुनिका बालबालिका, गर्भवति तथा सुत्केरी महिला र ६० वर्ष कटेका वृद्धवृद्धाहरुमा चिसोको समस्या बढि देखा पर्ने हुन्छ ।

यो समूह अन्य समूहको तुलनामा बढि नै संवेदनशिल हुने भएकोले उनीहरुमा यस्ता समस्या देखा पर्ने हुन्छ । यसका साथै जाडोमा श्वासनली चिसोको कारण साँघुरिने हुदा ब्यक्तिमा अक्सिजनको कमी हुने कारण दमको लक्षण अझ बढि बढेर जान्छ । जसकारण यसबेला विशेषगरी छातिमा समस्या भएका तथा पहिले देखि नै शरीरका विभिन्न किसिमका रसमस्याहरु भएका ब्यक्तिहरुमा यस्ता किटाणुहरुले छिटो आक्रमण गर्दछ । यस्ता समूहहरुको शरीर अन्यको तुलनामा बढि संवेदनशिल हुने भएकोले पनि यस्ता ब्यक्तिहरुमा जाडोको प्रभाव छिटो पर्ने हुन्छ । तसर्थ यस्ता समूहहरुले जाडोमा अन्य समयको तुलनामा आफ्नो बढि ख्याल राख्नुपर्ने हुन्छ ।

जाडोमा देखिने समस्याहरु

-सामान्य रुघाखोकि
-भाइरल ज्वरो तथा निमोनिया
-दम
-श्वासप्रश्वास प्रणालीमा समस्या
-सिडिओपी
-छाला सुख्खा तथा फुस्रो हुने ।

रोकथाम तथा बच्ने उपाय

सर्वप्रथम हामीले के ख्याल राख्नुपर्छ भने, चिसोकै कारण यी समस्याहरु देखा पर्ने भएकोले हामीले चिसोबाट छिटो संक्रमित हुने समूहको विशेष ख्याल राख्नुपर्दछ । जाडोयाममा हाम्रो शरीरको तापक्रमभन्दा बाहिरी तापक्रम कम हुने भएकोले हामीलाई चिसो लाग्ने तथा त्यसबाट विभिन्न किसिमका संक्रमणहरु हुने हुदा हामीले शरीर न्यानो गरी राख्नु पर्दछ ।

यस्तै, यस समयमा लागेको चिसोले अधिकांश व्यक्तिलाई लामो समयसम्म सताउने हुँदा यसले व्यक्तिलाई पिडा त दिन्छ नै संगै दैनिकीमा समेत असर पार्दछ । तसर्थ यस्ता समस्या नदेखियोस् भन्नका लागि हामीले निम्न पक्षमा विशेष ध्यान दिनुपर्दछ :

-नियमित व्यायाम तथा शारीरिक क्रियाकलाप/ शारीरिक सक्रियता

-शरीरलाई न्यानो बनाइराख्ने

-शरीर ढाक्ने कपडा लगाउने

-तातो तथा स्वस्थ्य खानाको सेवन

-झोलिलो पदार्थ तथा पानीको उच्च प्रयोग

-धुम्रपानबाट एवम् धुलो धुवाँजन्य वातावरणबाट टाढै रहने

-इनहेलर औषधिको मात्रा नघटाई नियमित रुपमा गर्ने ९प्रयोग गरेका ब्यक्तिहरुले मात्र०

-हिटर तथा आगोको प्रयोग

-मास्कको उचित प्रयोग गर्ने

-बिहान घाम झुल्किएपछि मात्रै बाहिर निस्किने

-र, बालबालिका एवम् वृद्धवृदाको हकमा भ्याक्सिनको प्रयोग ।