विराटनगर – मोरङको सुनवर्षी नगरपालिकामा नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ ।


ADVERTISEMENT


सुनवर्षी नगरपालिकाको डायनियाँमा नेकपा (एमाले) मोरङका सचिवालय सदस्य गोपाल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रमेश खातीको अध्यक्षमा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।


ADVERTISEMENT

# # #


नगरका ९ वटै वडाबाट प्रतिनिधित्व हुने गरि गठन भएको नगर सम्मेलन आयोजक कमिटीको उपाध्यक्षमा प्रणीदेवी शर्मा खत्वे, सचिवमा हरिलाल ऋषिदेव, सहसचिवमा अरुण पासवान र कोषाध्यक्षमा कलावती सरदार चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

कमिटीको सदस्यहरुमा बच्चा शर्मा, हरिप्रसाद ऋषिदेव, अशोक खत्वे, दिनेश सरदार, देवोदेवी सरदार, ध्रुव सरदार, रुक्मणी ऋषिदेव, ओशिलादेवी सरदार, सुमित्रादेवी रिख्यासन, कृता ऋषिदेव, गोपाल बाग्दास, राजकुमार पासवान, मुगरु ऋषिदेव, रामजी पासवान, लखिचन ऋषिदेवलगायत रहेका छन् । भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष विश्वकर्माले गरेका थिए ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई मुक्ति समाज मोरङका इन्चार्ज जितनारायण सरदारले शपथग्रहण गराएका थिए
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज भद्रमान विश्वकर्मा, केन्द्रीय सदस्य दिपेन्द्र पासवान, नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्ष श्याम राजवंशी, सचिव विष्णु कँडेललगायतको उपस्थिती रहेको थियो ।