काठमाडौँ – कोरोना महामारीका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित हुन पुगेका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन् ।


ADVERTISEMENT


राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय युवाको अगुवाइमा गरिवीको रेखामुनी रहेका बालकालिकालाई छात्रवृत्ति प्रदान गर्न भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गरिएको हो । अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिने बताइएको छ ।


ADVERTISEMENT

# # #


अभियानका सदस्यहरुमा काँग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापा, डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डा रहेका छन् ।

पहिलो वर्ष सातै प्रदेशका विभिन्न जिल्लाका ५० विद्यार्थीलाई मासिक ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिने काँग्रेस महामन्त्री एवं सांसद थापाले बताए । कोभिड महामारीका कारण अभिभावक गुमाएका बालकालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरुको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने भएकाले अभियान शुभारम्भ गरिएको बताए।

त्यस्तै डिशहोमका प्रबन्ध निर्देशक आचार्यले पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिशहोम नेटवर्कले लिएको र आगामी वर्ष अभियानमा संलग्न सबै र सहयोगी हातहरुलाई अपिल गरेर अभियान निरन्तर अगाडि बढाउने योजना रहेको उल्लेख गरे ।

पहिलो वर्षको अभियानमा छात्रवृतिका साथै केहि सिक्दै अघि बढ्ने र आगामी वर्षमा अभियानलाई सुधार गर्दै अघि बढ्ने अभियान्ताहरुले जनाएका छन् ।