ललितपुर – ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई आफ्ना ग्राहक तथा लगानीकर्तालाई पैसा फिर्ता दिन नसक्ने अबस्थामा पुगेको गम्भिर आरोप लागेको छ । को–अपरेटिभका ग्राहकहरुले बचत गरेको रकम लिन खोज्दा नपाएको बताएका छन् । लगानी र आर्थिक कारोबारमा पारदर्शिता नदेखिँदा लगानी रकम नै डुब्ने खतराबाट लगानीकर्ताहरु समेत झस्किने गरेको सूचना प्राप्त भएको छ ।


ADVERTISEMENT


अध्यक्ष भरत महर्जनको स्वार्थका लगानीहरुमा नै सुमेरुको रकम दूरुपयोग भएको आरोप लगाउँदै लगानी कर्ताहरु रुष्ट बनेका छन् । एकातिर लगानीकर्ताहरुलाई नै चिड्याउने र अर्कातिर ग्राहकहरुको मन दुखाउने अवस्थाले सुमेरु प्रतिको विश्वास गुम्न थालेको बताईएको छ । श्रोतका अनुसार पैसा डुब्ने भयो भन्दै रकम निकाल्न बचतकर्ताहरू सुमेरुको कार्यालय पुल्चोकमा जान थालेका छन् । आँफूलाई सुमेरुपीडित बताउने एक ग्राहकले बचतको रकम माग गर्दा सुमेरुले दिन नमानेको गुनासो गरेका छन् । ‘सुमेरुले पैसा दिन मान्दैन’, उनले भने, ‘आफ्नै पैसा डुब्ने भयो ।’


ADVERTISEMENT

# # #


सुमेरुले गैरकानूनी रुपमा नै लगानीलाई प्रश्रय दिएका कारण आँफूहरुले ऋण समेत नपाएको गुनासो अर्का ग्राहकले गरेका छन् । को–अपरेटिभ यतिबेला पैसा फिर्ता नै गर्न नसक्ने अवस्थामा पुगेको श्रोतको दाबी छ । सुमेरुमाथिको आरोपका बिषयमा जानकारी लिन खोज्दा अध्यक्ष महर्जन सम्पर्कमा आउन सकेनन् ।

सहकारीको ठगी काण्डमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ पक्राउ परेसँगै अन्य सहकारीहरुको कारोबारमा सीआईबीको नजर परिरहेका बेला सुमेरुमाथि लागेका आरोपहरुलाई गम्भिर रुपमा हेरिएको छ ।