काठमाडौं – आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको माओवादी केन्द्रको बन्दसत्रका लागि व्यवस्थापनमा चुनौती देखिएको छ । कमलादीस्थित प्रज्ञा भवनको हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि छन् ।


ADVERTISEMENT


राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।


ADVERTISEMENT

# # #


महाविधेशनमा एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यतालिका छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।