काठमाडौं  –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको दबाब र प्रभावमा नेपाल पर्न नहुने बताएका छन् । अमेरिकी सहयोगी परियोजना एमसीसीको विषयमा दाहालले दुवै देशबीच स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसोधनबिना एमसीसी पास नहुने पनि बताए ।


ADVERTISEMENT

# # #


‘बिना परिमार्जन र बिना संशोधन एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजीवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौँ,’ उनले भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ ।’ उनले थप्दै भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ ।’