काठमाडौँ – नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवाद्वारा संयुक्त रुपमा शुक्रबार काठमाडौंमा आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने पनि बताए । कांग्रेसलाई ठूलो पार्टीमात्र नभई जनताको लोकप्रिय पार्टी बनाउनुपर्ने उनको भनाई छ । उनले अग्रजको अनुभव र युवाको जोसलाई सँगै लिएर कांग्रेस अगाडि बढ्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


आचार्यले कांग्रेसको १४ औँ महाधिवेशन सफल बनाउने र आफूलाई विजयी गराउने देशभरका पार्टीका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिलाई धन्यवाद समेत दिए ।