कास्की– प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


प्रहरीले बिहिवार पोखरा महानगरपालिका–३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे
गाउँपालिका–५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत दुई जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारर, मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र बन्दुक फेला परेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।