काठमाडौँ – युएईमा जारी एशियन क्रिकेट काउन्सिल (एसीसी) यू–१९ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज बंगलादेश विरुद्ध खेल्दैछ ।


ADVERTISEMENT


युएईको सारजहाँस्थित सारजहाँ क्रिकेट स्टेडियममा बंगलादेशले टस जितेर ब्याटिङ राजे पनि नेपालले पहिलो बलिङ गर्ने निम्तो पाएको छ ।


ADVERTISEMENT

# # #


नेपाली प्लेइङ ११ मा देव खनाल (कप्तान), अर्जुन कुमाल, सन्तोष कार्की, अर्जुन साउँद(विकेट किपर), विवेक राना मगर, वासिर अहमेद, विवेक यादव, मोहमद आदिल अलाम, गुल्सन झा, दुर्गेश गुप्ता र तिलक राज भण्डारी रहेका छन् ।

८ टोली सम्मिलित प्रतियोगितामा ४–४ टोली गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जहाँ नेपाल, बंगलादेशसँगै श्रीलंका र कुवेत रहेका छन् । यस्तै समूह ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता उपाधीका लागि सेमिफाइनलको यात्रा तय गर्नेछन् ।