काठमाडौँ – वि.सं. २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानी पोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणपछि औपचारिक रुपमा काठमाडौ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


बिहीबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई रानीपोखरी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा ज्ञवालीले ऐतिहासिक रानी पोखरीमा पानी राख्न निकै समस्या भएपछि विभिन्न प्रविधिका साथ पानी अड्याउने कार्य सफलताका साथ सम्पन्न गरेको बताए । उनले पुरात्वात्कि ढंगले रानी पोखरी र बालगोपालेश्वरलाई पुननिर्माण गरिएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै नेपालको सम्पदाको पुननिर्माणको प्रतिकको रुपमा रानीपोखरी निर्माण गरिएको जानकारी दिए । उनले महामगरको नासो पुननिर्माणपछि महानगरलाई नै हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाक्यले रानीपोखरी पुननिर्माणमा केहि बिवाद भएपनि अहिले निकै उत्कृष्ठ ढंगले पुननिर्माण गरिएको बताए । उनले ऐतिहासिक सम्पदाको उचित हेरचाह र जगेर्ना गर्न महानगर प्रतिवद्ध रहेको उल्लेख गरे ।

आफ्नो समयावधी सकिनै लाग्दा प्राधिकरणले महानगरलाई रानीपोखरी हस्तान्तरण गरेको हो ।