विराटनगर – नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए । अध्यक्षमा ७ मत बदर भएको थियो ।


ADVERTISEMENT


तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील) १४८ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।


ADVERTISEMENT

# # #


यस्तै ३ जना सहसचिवमा कुमारी राई ९११४०, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो। मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ।