काठमाडौँ – काठमाडौंको बागबजारस्थीत काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ ।


ADVERTISEMENT


रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीको मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा बेहोस भएको र उपचारको क्रममा अस्पताल लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कलेजको लापरबाहीको कारण सनहीको मृत्यु भएको भन्दै विद्यार्थीहले मंगलबार प्रदर्शन गरेका थिए । उनीहरुले कलेजको कमजोर व्यवस्थापनका बारेमा पटक पटक जानकारी गराउदा पनि सुनुवाई नभएकाले घटना घटेको बताएका छन् ।

सहनी कक्षा १२ मा अध्ययनरत थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।