नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ ।


ADVERTISEMENT


मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ । अन्तिम मत परिणाम अनुसार अजय चौरसिया २ हजार ५२२, विनोद चौधरी २ हजार २०६ ,चन्द्रमोहन यादव २ हजार १३८, महेन्द्रकुमार राय १ हजार ९८४ र दिनेशकुमार यादवले १ हजार ९५९ मत प्राप्त गरी निर्वाचितभएको निर्वाचन समितिका सचिव जगन्नाथ राससलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


नव निर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुन् । चन्द्रमोहन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका छोरा हुन् ।

मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित

मधेशी महिलातर्फ मुक्ताकुमारी यादव ३ हजार ९६९, मिनाक्षी झा ३ हजार १२, मञ्जुकुमारी यादव २ हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी भएको समितिले जनाएको छ ।

गत मङ्सिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।