काठमाडौँ – पत्रकारितामार्फत नेपाली कांग्रेसको राजनीतिमा हाम फालेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


पार्टीको १४औँ महाधिवेशनमा दोलखाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित शिवाकोटी आइतबार सम्पन्न मतगणनामा खुलातर्फ केन्द्रीय सदस्यमा एक हजार ८११ मत प्राप्त गरी विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको पोखरा अधिवेशनबाट महासचिव निर्वाचित भएका उनी हाम्रा कुरा डटकम अनलाइनका संस्थापक सम्पादकसमेत हुन् । कांग्रेसले आर्थिक विकासको एजेण्डा बोकेर देशलाई समृद्ध बनाउनुपर्ने विचारका साथ केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका उनले आफू पत्रकारिता क्षेत्रमा अब नफर्कने बताएका थिए ।

पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएसँगै पत्रकार शिवाकोटी पार्टीकै सबैभन्दा कान्छो केन्द्रीय सदस्य बनेका छन् । विसं २०३७ मा दोलखामा जन्मिका शिवाकोटी पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

नवनिर्वाचित केन्द्रीय सदस्य शिवाकोटीले अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहनसहित कांग्रेसलाई अझ सुदृढ, गतिशील र समावेशी बनाउन आफू लाग्ने बताए। उनले प्रेस स्वतन्त्रता र कलमको महत्वलाई थप सशक्त भएर पार्टीभित्र फैलाउने उल्लेख गरे । रासस