काठमाडौँ – नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गठबन्धन टुटाउनका लाग केपी ओलीले कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव राखेको बताएका छन् ।


ADVERTISEMENT


पुष ५ का सन्दर्भमा समाजवादी प्रेस सङ्गठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलार्ई एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न दिने प्रस्ताव राखेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘उहाँले शर्त राख्नु भएको तपाईहामीले सुनेका छौँ, गठबन्धन टुट्छ भने उहाँले नेपाली काँग्रेसलाई एकलौटी सरकार बन्न दिने । यदि नेपाली काँग्रेसले गठबन्धन छोडेर एमालेसँग मिल्न वा समर्थन लिन जाने हो भने एकलौटी चलाउन दिने । गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गर्दिने उहाँले खुलेआम दिएको तर्क । यो लोकतान्त्रिक तर्क हो ?’

प्रचण्डले प्रधानमन्त्रीले गठबन्धन तोड्न कुनै सम्झौता नगर्ने बताएको जिकिर गरे । यसअघि संसद विघटन गरको केपी ओलीले अहिले पनि संसद अवरोध गरेर प्रतिगमनकै बाटोमा रहेको पुष्टि गरेको उनको भनाई छ ।

प्रचण्डले भने, ‘आजभोलि संसदमा तपाई हामीले जे देखेर भोगिरहेको छौँ, त्यो प्रतिगमनकै निरन्तरता हो उहाँको तर्फबाट । संविधान मिच्ने, लोकतन्त्रात्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ती वातावरण तयार पार्ने षड्यन्त्रमा उहाँ अहिले पनि लागिराख्नु भएकै छ ।’

प्रचण्डले सदनमा एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको भन्दै एमालेको अवरोधका कारण बिभिन्न विधेयकहरु नै अघि बढ्न नसकेको धारणा राखे ।

उनले माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै आलोचन गरे ।