काठमाडौँ– एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा अन्तरक्रिया एवम् सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सो क्यापिटलको आयोजनामा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा क्यापिटलले स्थानिय लगानीकर्ताका जिज्ञासा एवम् प्रश्नहरुलाई सम्बोधन गर्दै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरिएको छ ।

यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्यापिटलले शनिवार प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा लुम्बीनी प्रदेशको नेपालगञ्जमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

उत्साहजनक सहभागिता देखिएको सो कार्यक्रममा लगानीकर्ता र क्यापिटल प्रतिनिधिबीच सम्बन्धित विषयवस्तुसम्बन्धि छलफल समेत गरिएको थियो । यसअघि सुदुरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भइसकेको सो कार्यक्रममलाई निरन्तरता दिदैँ क्यापिटलले अन्य प्रदेशहरुमा पनि सञ्चालन गर्ने जनाएको छ ।