काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा हुन लागेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उपस्थित नजनाउने भएको छ ।


ADVERTISEMENT


एमालेले संसदमा गर्दै आएको अवरोध समाधान एवम् एमसीसीबारे छलफलका लागि प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित नभएर एमालेले बाहिष्कार गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


देउवाद्वारा आज अपरान्हृमा आह्वान गरिएको सो बैठकमा सहभागी नहुने जानकारी पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले दिएका हुन् ।

एमालेले संसद् अवरोध हटाउनका लागि यसअघि सभामुखले बोलाएको २८ जेठ र प्रधानमन्त्रीले १४ असोजमा बोलाएको सर्वदलीय बैठकमा पनि अनुपस्थित जनाएको थियो ।

एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएकाले ती बैठकमा उपस्थित नजनाएको को भनाई । यस्तै, एमाले विभाजनमा सभामुखले सहयोगी भूमिका खेलेको पार्टीको आरोप पनि छ ।

यसैको विरोधमा विगत लामो समयदेखि एमालेले संसद अवरोध गर्दै आएको छ । जसकारण दुवै सदनका काम कारवाही प्रभावित हुन पुगेको छ । यसै समस्या निकारणका निमित्त देउवाले अपराह्न ४ बजे सर्वदलिय बैठक बस्ने निर्णय गरेको देउवासचिवालयले जनाएको छ ।