काठमाडौं – काठमाडौं उपत्यकासहित देशभरकै तापक्रम निरन्तर घट्ने क्रममा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार तीन डिग्री सेल्सियसभन्दा पनि कम मापन भएको छ ।


ADVERTISEMENT


शनिबार बिहान पौने ९ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस छ । विगत केही दिनयता तापक्रम घट्दै आएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५.३ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै डडेलधुराको २.१, वीरेन्द्रनगरको ४.४, ताप्लेजुङको ४.६ तथा दिपायलको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद्ले चिसो बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।