भारतको सीतामढीबाट सर्लाहीको मलंगवामा आउने क्रममा सोनवर्षाको चिलरी भन्ने स्थानमा एक कवाड व्यापारीमाथि गोली प्रहार भएको छ ।


ADVERTISEMENT


सीतामढीबाट घर आउँदै गर्दा दुई जनाको समूहमा रहेको अज्ञात हतियारधारी समूहको गोलीबाट मलंगवा ९ का कवाड व्यापारी राकेश चौधरी घाइते भएका छन् । गोली चौधरीको बाँयापट्टीको पेटमा लागेको छ ।


ADVERTISEMENT

# # #


गोली लागि घाइते भएका चौधरीको सर्लाही अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि वीरगंज लगिएको छ । व्यापारी चौधरीमाथि किन गोली प्रहार गरिएको हो त्यो अहिले सम्म खुल्न सकेको छैन् ।

नेपाल भारतको सीमा भन्दा करिब २ किलोमिटरको दुरीमा चिलरा मोडमा रातिको समयमा चौधरीको मोटरसाइकललाई पछ्याउँदै आएका हतियारधारी समूहले उनीमाथि पछाडीबाट गोली प्रहार गरेका थिए ।

बेलुकी करिब ८ बजेको समयमा चौधरीमाथि गोली प्रहार भएको थियो । घटनाको क्षानबिनमा दुवै देशका सुरक्षा अधिकारीहरु जुटेको छ ।