काठमाडौं – नेपाली कांग्रेसमा नेता प्रकाशमान सिंह र नेता विमलेन्द्र निधिलाई समर्थन गरिररहेका तर देउवालाई समर्थन नगर्ने १२६ प्रतिनिधि पनि रहेका छन् । सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले पहिलो चरणमा पाएको मतभन्दा दोस्रो चरणमा १२६ मत बढी पाएका कारण यस्तो देखिएको हो ।   पहिलो चरणमा १७२९ मत ल्याएका कोइरालाले दोस्रो चरणमा १८५५ मत ल्याए ।


ADVERTISEMENT


यस अनुसार पहिलो चरणमा उनलाई मत नदिएका प्रतिनिधिहरूले दोस्रो चरणमा मत दिएको देखिन्छ । पहिलो चरणमा देउवाले २२५८ मत ल्याएका थिए । दोस्रो चरणमा उनले २७३३ मत ल्याए ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा देउवा, कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले प्रतिस्पर्धा गरेका थिए । उनीहरूमध्ये कसैले पनि विधानले भनेअनुसार ५० प्रतिशत मत नल्याएपछि बढी मत ल्याउने दुई प्रतिस्पर्धीबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

सिंह, निधि र गुरुङले दोस्रो चरणमा देउवालई समर्थन गरेका थिए । दोस्रो चरणमा तीनै जनाले देउवालाई समर्थन गरेपनि कोइरालालाई पहिलो चरणमा मत नदिएका १२६ प्रतिनिधिले मत दिए ।