काठमाडौँ– प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा हुने प्रतिषेगिता आगामी पुस ५ सम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT


प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा आयोजित कार्यक्रममा मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरेका छन् । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौँ जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपला पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला , भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता छ ।


ADVERTISEMENT

# # #


१२ वटा ईभेन्टमा प्रतिष्पर्धा हुने उक्त प्रतियोगितामा १८५ जना खेलाडीहरु सहभागी हुने   छन् । नेपाली सेनाको जंगी अड्‍डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लब लन टेनिस कोर्ट तथा नेपाल लन टेनिस संघको दशरथ रंगशालास्थित लन टेनिस कोर्टमा मिति २०७८ मंसिर २७ गतेदेखि २०७८ पौष ०५ गतेसम्म सञ्‍चालन हुने उक्त प्रतियोगितामा खुल्ला पुरुष एकल, महिला एकल, पुरुष डबल्स्, महिला डबल्स्, विभिन्न उमेर समूहका भेट्रान्स् एकल र भेट्रान्स् डबल्स् तथा इन्टर गर्भनरमेन्टल तर्फ पुरुष डबल्स् विधाहरु समावेश गरिएको जनाइएको छ । छ ।

नेपालमा टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्‍याउने एवं टेनिस खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालन गरिएको यस प्रतियोगितामा पुरुष र महिला एकल विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार. ५० हजार, २५ हजार र १५ हजार रुपैँया प्रदान गरिने छ ।

त्यसैगरी, पुरुष र महिला डबल्स् विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार  ४० हजार, २० हजार र १० हजार रुपैँया तथा भेट्रान्स्‍तर्फ ३५ वर्षमाथि एकल विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार ३० हजार  , १५ हजार र ८ हजार रुपैँया र ३५ वर्षमाथि डबल्स्, ४५ वर्षमाथि एकल विधा तथा इन्टर गर्भनरमेन्टल डबल्स् विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार २५ हजार, १३ हजार र ७ हजार रुपैँया , ४५ बर्ष माथि डबल्स् प्रदान गरिनेछ ।

यस्तै, ५५ बर्ष माथिका एकल विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार  २० हजार, १० हजार र ५ हजार रुपैँया एवं ५५ बर्षमाथिका डबल्स् र ६५ बर्षमाथिका एकल विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमश: नगद पुरस्कार १५ हजार, ८ हजार र ४ हजार रुपैँयासहित ट्रफी एवं प्रमाण-पत्र प्रदान  गरिनेछ ।

सो समारोहमा सैनिक तालिम महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयले प्रतियोगिता आयोजना गरिएकोे बताउनुभयो । सेनाले २०६८ सालबाट ‘सामरी स्ल्याम’ टेनिस सञ्चालन गर्दै आएकामा सातौँ संस्करणसम्म सञ्चालन भएको थियो । टेनिसमा अभिरुचि राख्ने खेलाडीलाई प्लेटफर्मको सही व्यवस्थापन गरी स्थायी ढङ्गले खेल विकास गर्ने यस प्रतियोगिताको मुख्य उद्देश्य छ ।