काठमाडौं – भारतीय सुन्दरी हरनाज सिन्धुलाई ‘मिस युनिभर्स २०२१’ को उपाधि  हात लागेको छ । इजरायलमा भएको ७० औं ‘मिस युनिभर्स २०२१’ मा सिन्धुले उपाधि हात पारेकी हुन् ।


ADVERTISEMENT


उनलाई गत वर्षकी मिस युनिभर्स मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज लगाइदिइन् । भारतमा सुन्दरीहरुको कमी छैन । चण्डीगढकी सन्धु २०१७ टाइम्स फ्रेस फेस मिस चण्डीगढ समेत बनेकी थिइन् ।


ADVERTISEMENT

# # #


मिस युनिभर्सको विश्व प्रतिस्पर्धामा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन्। सुजिताले नेपालको चिनारी झल्कने कस्ट्युम प्रस्तुत गरेकी थिइन्।