काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नै पक्षका नेताहरुले साथ नदिँदा धक्का लागेको छ । कुनै पनि पदमा नबस्ने भन्दै पौडेल गेमबाट आउट भएर बसेसँगै कांग्रेसको राजनीति तरंगित बनेको छ ।   नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित हुनुअघि शेरबहादुर देउवा कांग्रेसका वरिष्ठ नेता थिए । उनै देउवाले रामचन्द्र पौडेललाई ५ सयभन्दा धेरै मतान्तरले पराजित गर्दै सभापतिको कुर्सी ४ वर्षका लागि सुरक्षित गरे । अनि पौडेल बने वरिष्ठ नेता ।


ADVERTISEMENT


त्यतिबेला देउवालाई सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले साथ दिएका थिए । चार वर्षका लागि जितेका देउवाले कांग्रेसलाई गतिशील त बनाउन सकेनन् नै, स्थानीयदेखि आम निर्वाचनसम्म कांग्रेस नराम्ररी पराजित बन्यो। कम्युनिस्ट शक्ति एकत्रित हुँदा कांग्रेस निरिह बन्यो, नेतृत्व मुकदर्शक जस्तै भयो ।


ADVERTISEMENT

# # #


कांग्रेसको यस्तै कमजोरीविरुद्ध आवाज बुलन्द बनाइरहने रामचन्द्र पौडेल भने अहिले महाधिवेशनको प्रक्रियाबाट अलग भइसकेका छन् । पौडेलले राजनीतिको जोड घटाउबाट आफूलाई अलग राखिदिएका छन् ।

कांग्रेस किन कमजोर भयो भनेर जागरुक गराउन पौडेलले बेलाबेला जिल्ला सभापतिहरुको भेला गराइरहे । उनकै जोडबलमा हेटौंडामा जिल्ला सभापतिहरुको भेला पनि भयो ।

त्यसैको प्रभावस्वरुप नेतृत्वबाट रुष्ट भएका जिल्ला सभापतिहरुलाई सम्बोधन गर्न देउवा वाध्य भए । देउवाले उनीहरुलाई फकाउनुपर्ने अवस्था ल्याउन पौडेलको मुभ नै प्रमुख कारण बन्यो । पौडेलको अडानले मैमत्त शैलीमा ब्रेक लगायो, थोरै नै भए पनि लचकता देखाउन वाध्य भए पार्टी सभापति देउवा । त्यसैले जिल्ला सभापतिहरु बेलाबेलामा आन्दोलित हुन्थे, पौडेलको साथ रहन्थ्यो त्यसमा । देउवा उनीहरुको कुरा सुन्न बाध्य हुन्थे । हाल भने आफ्नै पक्षका नेताहरुले पौडेलको कुरा नसुन्ने भएपछि पौडेल ब्याक भएर रहेका छन् ।