काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफु नेतृत्वको सरकार बनेपछि मुलुक त्रासमुक्त बनेको दाबी गरेका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमाले नेतृत्वको सरकारका बेला डर त्रास रहेको र आफुले सरकारको नेतृत्व गरेपछि मुलुक त्रासमुक्त बनेको बताउनुभएको हो । उहाले ओलीको शासनबाट जनताले मुक्ति पाएको भन्दै मुक्ति बचाउने हो कि नबचाउने भन्ने प्रश्न रहेको बताए ।


ADVERTISEMENT

# # #


देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध पनि गरे । उनले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने दाबी गरे ।