काठमाडौँ– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको पानीपोखरीस्थित केन्द्रीय कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


शुक्रबार बिहानबीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालद्धारा सो भवनको शिलान्यास गरिएको हो ।


ADVERTISEMENT

# # #


सो समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराए ।

उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष, कम्पनीका संचालक समितिका अध्यक्ष लगायत सम्पूर्ण संचालक, संस्थापक शेयरधनीलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरुले उपस्थित जनाएका थिए ।