काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति बनाउने हो भने पार्टी एकता हुने बताएका छन् । उनले यसबारै सभापिति समेत रहेका शेरबहादुर देउवालाई  आग्रह गरेको पनि बताएका छन् ।


ADVERTISEMENT


देउवाले नै पौडेलाई सभापतिमा प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा नेतृत्व चयन हुने र कांग्रेसमा एकताको सन्देश प्रवाह हुने निधिको भनाइ छ ।


ADVERTISEMENT

# # #


आफैँ पनि सभापतिमा लड्ने घोषणा गरिसकेका निधिले   भने, ‘बाहिर जनताको र नेपाली काँग्रेसका शुभेच्छुक साथीहरुको भावना हेर्दाखेरि आगामी चुनावका लागि पनि नेपाली कांग्रेसका एकता भइदियो भने राम्रो हुन्छ भन्ने सबैको चाहना छ’ ‘शेरबहादुरजी ५ पटक प्रधानमन्त्री भइसक्नुभयो । प्रमुख कार्यकारी पदको लागि पाइसक्नुभयो । अब उहाँले आफ्नो तर्फबाट रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुन सक्छ ।’

देउवाले रामचन्द्रलाई समर्थन गरिदिने हो भने आफूहरुमाथि पनि दबाव पर्ने बताउँदै निधिले भने,‘देउवाजीले यो गर्दिए हुन्थ्यो, उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न, थाहा छैन ।’