काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने तयारी भइरहेको जानकारी दिए ।


ADVERTISEMENT


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरेपछि विद्यार्थीहरुलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ ।


ADVERTISEMENT

# # #


“अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने तयारीमा छौँ”, उनले भने, “आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।” रासस