काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले अव पनि कांग्रेस पार्टी नसुधिए पार्टी नै सकिने बताएका छन् ।
मंगलबार काठमाडौंमा कसले सुधार्छ कांग्रेस ? नामक पुस्तक बिमोचन गर्दै थापाले कांग्रेसलाई बलियो बनाएर कांग्रेसलाई सुधार्नुपर्ने भन्दै कांग्रेस पार्टी नसुधिए सकिने बताएका छन् । उनले कांग्रेसको अस्थीत्व नभए नागरिकको अधिकार पनि कायम नरहने तर्क गरे ।
थापाले ९ लाख प्रतिनिधिले काग्रेस बाहेकका व्यक्तिलाई पनि पार्टीमा समावेश गराउन सक्नुपर्ने धारणा राखे । थापाले १४ औं महाधिवेशन नेतृत्व छनोटका लागि मात्रै भएको भन्दै नीति महाधिवेशन पछि मात्रै हुने जिकिर गरे ।
उनले पार्टीसंगको आवद्धता थापाले निर्वाचन मात्र हो भन्ने चिन्तनबाट बाहिर निस्कनुपर्ने उल्लेख गरे ।