काठमाडौं – समाजमा यस्ता अनेक अनौठा र अजीब घटना घट्छन् जसले बेलाबेला अचम्मित तुल्याउँछ । यस्तै अचम्मको घटना इजिप्टमा भएको छ ।  छिमेकीको लुगा चोरेको आरोप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनको पति उनीसँग ‌आगो बनेका थिए ।


ADVERTISEMENT


लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएर कुट्ने धम्की दिएकी थिइन् । लामो समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासो गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । ‘छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन् ।’, उनका पतिले भने ।


ADVERTISEMENT

# # #


पत्नीलाई छिमेकीको लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदको निर्णयमा पुगेको उनले बताएका छन् । ‘सम्बन्धबिच्छेद गर्नुअघि मैले उनको परिवारसँग पनि सल्लाह मागेको थिए ’, उनले भने ।