काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई दिएका छन् । मिश्रको बधाई सन्देशमा लिङदेनको विजयले विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ ।


ADVERTISEMENT


लिङदेन विजयी भएको तेस्रो दिन मिश्रले सामाजिक सञ्जालमार्फत सैद्धान्तिक लेपनसहितको बधाई सन्देश दिएका हुन् । सन्देशमा उनले अर्थराजनीतिकरूपमा नेपाललाई ‘कल्याणकारी’ नरम वामपन्थी एजेण्डा चाहिएको बताएका छन् । ‘तर, राजनीतिक- सामाजिकरूपमा नेपाल मूलतः नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रुपान्तरण गर्न सकिँदैन,’ सन्देशमा भनिएको छ ।


ADVERTISEMENT

# # #


मिश्र लेख्छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ।’