काठमाडौं – नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले पद त्याग गरेको बताएकी छन् । पार्टी राजनीतिमा सक्रिय हुने भन्दै उपाध्यक्ष अधिकारीले सोमबार साँझ सामाजिक सञ्जालमार्फत आफू महासंघको नेतृत्वमा नबस्ने घोषणा गरेकी हुन् । उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा गृहजिल्ला ओखलढुंगाबाट महाधिवेसन प्रतिनिधि भएकी छन् ।


ADVERTISEMENT


‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको विधान,आचारसंहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाई हेक्का छ,’ अधिकारीले लेखेकी छन्, ‘नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर महासंघको नेतृत्वमा पुर्‍याउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’


ADVERTISEMENT

# # #


उनले पद त्याग गरेको जानकारी दिँदै लेखेकी छन्, ‘म महासंघको नेतृत्वमा नरहे पनि तपाईंहरूको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाईंहरूको माझ सुख-दुखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर ।’