काठमाडौँ– दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै दुई जनामा ओमिक्रोन भाइरस पुष्टि भएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


सम्मेलनमा बोल्दै मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीयमा ओमिक्रोन भेरियन्ट देखिएको बताए ।

यद्यपि उनीहरुको स्वास्थ्यवास्था भने सामान्य नै रहेको डा. अधिकारीको भनाई छ । यस्तै, यससंगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको छ । विगतमा जस्तो यस भेरियन्टले पनि नेपालमा महामारी नफैलाओस् भन्ने ध्येयका साथ नेपाल सरकारले ओमिक्रोनको जोखिम न्युनिकरणका लागि आवश्यक पहलहरु गरिरहेको उनले बताए ।

यसका लागि सरकारले छिमेकी मुलुक भारतबाट आउने आगन्तुक यात्रुहरुमा कडाई गर्दै उनीहरुको  एन्टीजेन परीक्षण, शंकास्पद बिरामीको जीन स्विकेन्सिंग र आवतजावतको लागि कोभिड खोप कार्डको अनिवार्य गरिएको छ । यसका साथै गत १५ मंसिरमा नै एक विज्ञप्ति जारी गर्दै सरकारले तत्कालका लागि अत्यावश्यक कार्यबाहेक विदेश भ्रमण नगर्न अपिल समेत गरेको थियो ।

गत २६ नोभेम्बरमा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरियन्ट यसअघि देखिएका अल्फा, बिटा एवम् डेल्टा भेरियन्टभन्दा संक्रामक रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपि यस विषयमा भने अझै तथ्यपरक अनुसन्धान भइरहेको हुँदा अनुमानमा बढी आधारित भएको यसबाट आत्तिई हाल्नुपर्ने अवस्था नरहेको विज्ञहरुको भनाई छ ।