काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । कोरोनाको जोखिम कायम रहेको भन्दै प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका हुन् ।


ADVERTISEMENT


उनले नेकपा एमालेको चितवनमा भएको महाधिवेशनको प्रशंग झिक्दै भने, ‘कांग्रेसले चाहने हो भने त्योभन्दा डबल जनलहर ल्याउन सक्छ । तर अहिले शक्ति प्रदर्शन गर्ने बेला छैन । कोरोनाको तेस्रो लहर आउँदै छ। त्यस मानेमा हामी संवेदनशील छौं ।’


ADVERTISEMENT

# # #


सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै १४ ‌औं महाधिवेशनमा आफू सभापति बन्ने अन्तिम मौका भएकाले योपटक आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘पार्टीको विधानले पनि मलाई अर्को पटक सभापतिमा लड्न दिँदैन।यो अन्तिम पटक हो ‘, उनले भने।

देउवाले सत्ता गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्र भएको दावी गरे । ‘मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनबाट नेतृत्व गरेको छु । यो गठबन्धन राष्ट्रियसभाको चुनाव सम्मलाई मात्र हो ।’ उनले भने, ‘मैले पटकपटक भन्दै आएको छु । पार्टीका साथीहरूसँग पनि आग्रह गरिसकेको छु । यो पटक मलाई सहयोग गरिदिनुस् ।’