काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबर्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” (खुलामुखी योजना) ईकाइधनीहरुको लागि पनि विद्युतीय प्रणाली सुरुवात भएको छ ।


ADVERTISEMENT


हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यबस्था गर्दै आइरहेको छ ।


ADVERTISEMENT

# # #


काम गर्न सहज होस् भन्नका लागि  यस क्यापिटलले अब उप्रान्त यस योजनाका इकाईधनीहरुले मिति २०७८ मंसिर १९ गते आइतबार बाट सोही विद्युतीय प्रणाली मार्फत इकाईहरुको बिक्री गर्न सक्ने समेत जानकारी गराइएको छ ।