काठमाडौं –  साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ ।
उक्त समिटमा दक्षिण एसियाका भारत, बंगलादेश,अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका विद्यार्थीले भाग लिएका थिए ।


ADVERTISEMENT


पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा वीवीएस पांचौ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ । ८ महिना लामो टेक्सटाइल इन्ड्रटिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिर्सचले अवार्ड जितेको शाहीले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


सन २०१९ बाट शुरु भएको उक्त समिट यस पटक श्रीलंकामा आयोजना गर्ने भनिएपनि कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएको थियो । रहेक टिममा प्रत्येक देशका एक जना बिद्यार्थीको सहभागिता रहेको थियो ।