काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्‍ततर्गत ६ प्रदेशमा अधिवेशन सम्पन्‍न भएका छन् । प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा शनिबार प्रदेश कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । सोमबार बिहान लुम्बिनी र प्रदेश १ को नतिजा आएसँगै ६ प्रदेशले पहिलो पटक नयाँ कार्यसमिति पाएको हो । यसअघि आइतबार बागमती, गण्‍डकी, कर्णाली र सुदूरपश्‍चिमको नतिजा आएको थियो ।


ADVERTISEMENT


प्राप्‍त नतिजाअनुसार सुदूरपश्‍चिम, कर्णाली र बागमतीमा वर्तमान सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् । लुम्बिनी र गण्‍डकीमा नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा भने सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् । जसमा संस्थापन अर्थात् देउवा पक्षले साथ दिएको थियो ।


ADVERTISEMENT

# # #


देउवा पक्ष

देउवा पक्षले हालसम्म चार प्रदेशमा जित हासिल गरेको छ । प्रदेशको राजनीतिमा देउवा पक्ष बलियो साबित भएको छ ।   प्रदेश १ सभापतिमा उद्वव थापाले विजयी भए जो सिटौला पक्षका उम्मेदवार हुन् केन्द्रमा सिटौला र देउवा एक भएका कारण थापालाई पनि देउवा पक्षको भन्न सकिन्छ । बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भए जो देउवा पक्षका हुन् । कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भए उनी पनि देउवा पक्षका हुनु । सुदूरपश्चिमको सभापतिमा वीरबहादुर बलायर विजयी भए । बलायर पनि देउवा पक्षका रहेका छन् ।

पौडेल पक्ष 

कोईराला -पौडेल टिमले दुई वटा  प्रदेशमा मात्र विजय हासिल गरेको छ । प्रदेश २ मा चुनाव नभएका कारण त्यसमा विजय हासिल गरे यो समूहको प्रदेशमा  विजय हासिल हुनेछ । गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भए जो पौडेल पक्षका हुन् । यसैगरी लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनमगर विजयी भए जो पौडेल पक्षका हुन् । यसरी हेर्दा पौडेल पक्ष प्रदेशको राजनीतिमा कमजोर साबित भएको छ ।