काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताएका छन् ।


ADVERTISEMENT


राप्रपाको जारी अधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् । उनले आफूले लिङ्देनको पक्षमा अपिल नगरेको प्रस्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


‘कुनै कुतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर कीर्ते पोस्ट गर्‍या देखेँ । यो सरासर झुट कुरा हो’, राणाले ट्विटरमा लेखेका छन्, ‘यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रस्ट पार्न चाहन्छु ।’