काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज चुनाव हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि प्रदेश २ बाहेक ६ वटा प्रदेशमा पदाधिकारी र सदस्यहरुको मनोनयन दर्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी प्रदेश नेतृत्वको लागि सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । प्रदेश १ मा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला प्यानलसहित प्रतिस्पर्धामा छन् सभापतिका लागि गुरु घिमिरे र उद्धब थापाबीच प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT

# # #


त्यस्तै गण्डकी प्रदेश कार्यसमितिका लागि ५१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षले प्यानलसहित उम्मेदवार बनाएका छन् । सभापतिका लागि अर्जुन जोशी र शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेशको हेटौंडामा जारी अधिवेशनमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी दिएका छन् । नेता सिटौला पक्षबाट भिमसेनदास प्रधानले उम्मेदवारको मनोनयन दर्ता गराएका छ । वरिष्ठ नेता पौडेल पक्षबाट जगदिश्वर नरसिंह केसीले पनि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै लुम्बिनीमा देउवा पक्षका भरत शाहले गैर संस्थापनका अमरसिंह पुनसँग प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतरपक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । सभापतिमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर संस्थापन पक्षबाट छन् भने इतरपक्षबाट कैलालीका पूर्व जिविस सभापति नारायणदत्त मिश्र प्रतिस्पर्धामा छन् ।